
काठमाडौं । नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय टिमविरुद्धको पहिलो म्याचमा गण्डकी ११ ले सहज जित हात पारेको छ । भुटानले दिएको ९६ रनको सहज लक्ष्य गण्डकीले २ विकेट क्षतिमा भेट्टायो ।
पहिलो ब्याटिङ गरेको भुटानले १९.३ ओभरमा ९६ रन बनाएर अलआउट भएको थियो । भुटानका लागि ओपनर सोनाम छोपेल र नरजंग मिक्यो दोर्जीले समान २७-२७ रन बनाए । नाम्गे थिन्लेले १८ बलमा १६ रनको योगदान दिए ।
गण्डकीका स्पिनरहरुले भुटानको ब्याटिङ क्रम ध्वस्त बनाएका थिए । सुवास भण्डारीले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । अप्राजित पौडैलले ४ ओभरमा १० रन दिएर ३ विकेट हात पारे ।
भुटानले दिएको झिनो लक्ष्य नेपालले ११ ओभरमै भेटेको थियो । नेपालका ओपनर ईश्वर क्षेत्रीले २२ बलमा अविजित ३४ रन जोडे । दीपक डुम्रे १९ बलमा २६ रन बनाएर अविजित रहे ।
ओपनर अर्जुन कुमालले १८ बलमा २२ रन बनाएर आउट भएका थिए । भुटानका बलर सोनाम यसे र नामगे थिनले ले १-१ विकेट हात पारे ।












समाचार
‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ लागू: स्टक ब्रोकर चार श्रेणीमा वर्गीकरण हुने
अध्यादेश निष्कृय भएपछि कानुनी शून्यता हटाउन विधेयक ल्याइएको हो: कानुनमन्त्री गौतम
शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन
सुनचाँदी बेच्नको लागि नागरिकता, राष्ट्रिय परिचय पत्र वा लाइसेन्स अनिवार्य
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
नेप्से घट्ने क्रम जारी, परिसूचक २६०३ विन्दुमा, कारोबार पनि घट्यो
‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’
मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
अब अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट