
काठमाडौं । नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय टिमविरुद्धको पहिलो म्याचमा गण्डकी ११ ले सहज जित हात पारेको छ । भुटानले दिएको ९६ रनको सहज लक्ष्य गण्डकीले २ विकेट क्षतिमा भेट्टायो ।
पहिलो ब्याटिङ गरेको भुटानले १९.३ ओभरमा ९६ रन बनाएर अलआउट भएको थियो । भुटानका लागि ओपनर सोनाम छोपेल र नरजंग मिक्यो दोर्जीले समान २७-२७ रन बनाए । नाम्गे थिन्लेले १८ बलमा १६ रनको योगदान दिए ।
गण्डकीका स्पिनरहरुले भुटानको ब्याटिङ क्रम ध्वस्त बनाएका थिए । सुवास भण्डारीले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । अप्राजित पौडैलले ४ ओभरमा १० रन दिएर ३ विकेट हात पारे ।
भुटानले दिएको झिनो लक्ष्य नेपालले ११ ओभरमै भेटेको थियो । नेपालका ओपनर ईश्वर क्षेत्रीले २२ बलमा अविजित ३४ रन जोडे । दीपक डुम्रे १९ बलमा २६ रन बनाएर अविजित रहे ।
ओपनर अर्जुन कुमालले १८ बलमा २२ रन बनाएर आउट भएका थिए । भुटानका बलर सोनाम यसे र नामगे थिनले ले १-१ विकेट हात पारे ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद