
काठमाडौं । आज सेयर बजार परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन पनि दोहोरो अंकले नै बढेको बजार आज १७ दशमलव ८० अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७७५ दशमलव ८५ विन्दुमा पुगेको छ । अघिल्लो दिन पनि सेयर बजार २० अंकले बढेको थियो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ५८ अंकले घटेर ४७१ दशमलव २१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ उपसूचको सेयर मूल्य बढेको छ भने ६ वटा उपसूचकको सेयर मूल्य भने घटेको छ । परिसूचक बढ्न पनि आज कारोबार रकममा भने गिरावट देखिएको छ । अघिल्लो दिन साढे १० अर्ब माथिको कारोबार भएको बजारमा आज साढे ८ अर्बभन्दा माथिको मात्रै कारोबार भएको छ ।
आज सेयर बजारमा ३०७ कम्पनीका १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता सेयर ८८ हजार ७७५ पटक खरिद बिक्री हुँदा ८ अर्ब ५२ करोड १२ लाख १९ हजार २९९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।












समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय