
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ (सट्टेबाजी) खेलाएको आरोपमा चार जना व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्री अनुसन्धान ब्यूरो (सीआईबीले चार जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
सीआईबीका अनुसार सोमबार दुई र मंगलबार दुई गरी कीर्तिपुरबाट चार जनालाई पक्राउ गरिएको छ । सीआईबीले सोमबार भारतको कोलकत्ता बाह्रसान बवुनगाद्धी घर भएका २४ वर्षीय सुमन धोष र भारतको उत्तर प्रदेश कानपुरका २५ वर्षीय अमित यादवलाई त्रिविस्थित क्रिकेट मैदानबाट पक्राउ गरेको थियो । सोही ठाउँबाट मंगलबार भारतको बिहार सहरसा वार्ड–२ खबरीका २७ वर्षीय सुमन्त कुमार र सहरसा हरंसरीका ३० वर्षीय ब्रेजेश कुमारलाई सीआईबीले पक्राउ गरेको छ ।
उनीहरुबाट विभिन्न कम्पनीका ६ थान मोबाइल र चार थान भारतीय आधारकार्ड समेत बरामद भएको छ । पक्राउ परेका चारै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह