
काठमाडौं । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली नरहे पनि स्थानीय वायु सक्रीय हुँदा आंशिक बदलीदेखि हल्काखाले वर्षाको पूर्वानुमान गरिएको छ ।
मौसम पूर्वानूमान महाशाखाका अनुसार आज कोशी प्रदेश र गण्डकी प्रदेश लगायत बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भेगको एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
२४ घण्टाको पूर्वानुमानमा कोशी प्रदेशको पहाडी भेगको एक÷दुई स्थानमा हल्का वर्षाको साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा एक÷दुई स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयन सेवामा क्षणिक एवं आंशिक असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन मौसमविज्ञले सुझाव दिएका छन् ।













समाचार
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान