
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २२ गतेदेखि निष्कासन गरिरहेको प्रथम चरणको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएकोमा त्यसको १० प्रतिशतले हुन आउने १ लाख १५ हजार ५९६ कित्ता पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो । बुक विल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरूलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँड गर्दा कट अफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको र सोही निर्देशिकाको दफा (१४) बमोजिम कट अफ मूल्यमा १० प्रतिशत छुट दिंदा प्रतिशेयर मूल्य ८२०.८० रुपैयाँ कायम भएको छ ।
अर्थात् लगानीकर्ताले यो आईपीओमा आवेदन दिंदा प्रतिकित्ता ८२०.८० रुपैयाँ लाग्नेछ र आवेदन दिंदा कम्तीमा ५० कित्ताका लागि र बढीमा २० हजार कित्तासम्म माग गर्न सकिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएका सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै ‘मेरो सेयर’ एप प्रयोग गरी अनलाइन मार्फत् सजिलै आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह