
काठमाडौं । साताको कारोबार हुने दोस्रो दिन सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आज सेयर बजार परिसूचक १२ दशमलव ८४ अंकले घटेर बन्द भएको हो ।
सोमबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६७६ दशमल १५ विन्दुमा पुगेको छ । सेयर बजार अघिल्लो दिन पनि उच्च अंकले घटेको थियो । सोमबार सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ९२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज १३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ३६ अंकले घटेर ४५५ दशमलव ६७ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये ५ वटाको सेयर मूल्य बढेको छ भने ८ वटाको सेयर मूल्य भने घटेको छ ।
परिसूचक सँगै कारोबार रकममा पनि आज कमी आएको छ । अघिल्लो दिन सेयरमा ७ अर्बभन्दा माथिको कारोबार भएको थियो भने आज ५ अर्बमा सीमित भएको छ । आज सेयर बजारमा ३१७ कम्पनीका १ करोड १५ लाख २३ हजार ३ कित्ता सेयर ६२ हजार ७५८ पटक खरिद बिक्री हुँदा ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार ८२२ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।











समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै