
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले लगानीकर्तालाई विश्वासमा लिन नसकेका कारण अर्थतन्त्रको शिथिलता अन्त्य हुन नसकेको बताएका छन् । प्रतिनिधिसभाको अर्थसमिति बैठकमा बुधबार उनले सरकार अर्थतन्त्र चलायमान बनाउन चुकेको बताए ।
नियामक निकायका पदाधिकारीहरु वर्तमान सरकारको नेतृत्वमा रहेका दलसँग ट्युनिङ मिल्ने व्यक्तिहरु नै रहेको चर्चा गर्दै उनले त्यसका परिणाम अर्थतन्त्रमा देख्न नपाइएको उल्लेख गरे । ‘नेपाल राष्ट्रबैंक, धितोपत्र बोर्ड र बीमा प्राधिकरणजस्ता नियामक निकायले अर्थतन्त्र चलायमान बनाउन भूमिका निर्वाह गर्छन्’, पुनले प्रश्न गरे, ‘ती निकायको नेतृत्वमा अहिलेको सरकारसँग ट्युनिङ मिल्नेहरु नै छन् । तर, किन रिजल्ट आएन ? आन्तरिक र बाह्य लगानीकर्तामा कन्फिडेन्स किन छैन ?’ । उनले बैठकमा सहभागी अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई त्यस विषयमा गम्भीर बन्न आग्रह गरे ।
पुनले आफू अर्थमन्त्री भएका बेला बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको नागरिकताबारे प्रश्न उठेपछि राजीनामा मागे पनि उनले नियामक निकायका नाममा आफ्नो आग्रह अस्वीकार गरेको बताए । नागरिकतामा फरकफरक तीनवटा मिति फेला परेपछि सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि मुद्धा दायर गरेको छ । फरक प्रसंगमा पुनले प्राथमिकता निर्धारणका नाममा सरकारले पूर्ववर्ती सरकारले अघि सारेका ठूला विकास आयोजनाका बजेट कटौती गर्ने तयारी गरेको सुन्नमा आएको भन्दै त्यसो नगर्न सचेत गराए ।
‘नयाँ प्राथमिकता निर्धारण गर्ने नाममा मैले अघि सारेका ठूला आयोजनाको बजेट कटौती गर्ने तयारी भइरहेको छ भन्ने सुन्नमा आएको छ’, उनले भने, ‘यस्तो तरिकाले खर्चको प्याटन बिगार्छ । बजेटमा राखिएका आयोजनाको कार्यान्वयन गरिनुपर्छ ।’ पुनले निष्पक्ष भएर काम गर्दा मात्र व्यवसायिक र लगानीमैत्री वातावरण बन्ने भन्दै मनोमानी नगर्न सरकारलाई चेतावनी दिए ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा