
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले प्रस्ताव गरेको हकप्रद सेयर निष्काशन योजना संशोधन भएको छ । कम्पनीको वार्षिक साधारणसभाले स्वीकृत गरेको प्रस्तावभन्दा कम अनुपातमा विद्युत नियमन आयोग बाट पूर्वस्वीकृति प्राप्त भएको हो ।
कम्पनीले गत पौष २९ मा सम्पन्न साधारणसभाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँको १ः०.५६६२१२७९ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । सोही अनुसार पूर्वस्वीकृतिका लागि आयोगमा निवेदन दिइएको थियो ।
तर आयोगले वैशाख १५ गतेको पत्रमार्फत कम्पनीलाई चुक्ता पूँजीको १ः०.२८८ अनुपातमा मात्र हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको जनाएको छ । उक्त अनुपात अनुसार कम्पनीले ६० करोड ८२ लाख ५४ हजार ९९२ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न पाउनेछ ।
कम्पनीले सोही स्वीकृत अनुपातअनुसार आगामी प्रक्रिया अघि बढाउने जनाएको छ । दोर्दी खोलाले वाणिज्य बैंकको ऋण चुक्ता गर्ने प्रयोजनार्थ हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।














समाचार
संविधान दिवसमा नेपाल टेलिकमको अफर, ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
धितोपत्र बोर्डद्वारा ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार
माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्याली र आयोजना स्थल भ्रमण गराइने
एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित
कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार