
काठमाडौं । बुधबार सेयर बजार परिसूचक घटेर बन्द भएको छ । अघिल्लो दिन सामान्य बढेको बजार आज ५ अंकभन्दा बढीले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ५ दशमलव ६० अंकले घटेर २६२८ दशमलव २६ विन्दुमा पुगेको छ । अघिल्लो दिन बढेको सेयर बजार एक दिन पनि नटिकेर घटेको हो । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५३ अंकले घटेर ४५० दशमलव १२ विन्दुमा पुगेको छ । त्यस्तै आज सेयर बजारमा १३ उपसूचकमध्ये ३ वटाको मात्रै बढेको छ भने १० वटाको घटेको छ । आजको सेयर कारोबार बन्द हुँदा १४९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८१ वटा कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ४ अर्ब ३४ करोड बढीको कारोबार भएको बजारमा आज ४ अर्ब २७ करोड ८२ हजार ५७५ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३१४ कम्पनीका ८१ हजार ४७ हजार ३२० कित्ता सेयर ४९ हजार ४२१ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो । आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै