
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको विदेशी विनियमदर अनुसार अमेरिकी डलर र पाउण्डको मूल्य बढेको छ भने युरोको घटेको छ ।
आजका लागि अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३६ रुपैयाँ २३ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३६ रुपैयाँ १४ पैसा रहेको थियो । त्यस्तै युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५ पैसा कायम भएको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ १७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८० पैसा रहेको थियो ।
आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७३ रुपैयाँ २२ पैसा कायम भएको छ । अघिल्लो दिन युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८२ पैसा रहेको थियो । त्यस्तै आज स्विस फ्र्याङ्क एकको खरिददर १५१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ४१ पैसा र बिक्रीदर १०० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर ८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८ रुपैयाँ ८७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १० पैसा र बिक्रीदर ३६ रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३ रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७ रुपैयाँ नौ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ नौ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ ९९ पैसा र बिक्रीदर ४४२ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिदर ३५३ रुयैयाँ २९ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ८४ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।












समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?