
काठमाडौं । यो वर्षको साउनदेखि मंसिर मसान्तसम्म ९२ अर्ब ८५ करोड ६२ लाख ६२ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । यो पाँच महिनामा रु. ४२ अर्ब १७ करोड २८ लाख ६२ हजार बराबरको डिजेल नेपालले खरिद गरेको छ। यसैगरी रु. २६ अर्ब ४५ करोड ४३ लाख बराबरको पेट्रोल र रु. २४ अर्ब २२ करोड ९१ लाख बराबरको एलपी ग्यास आयात भएको हो ।
भन्सार विभागद्वारा आज सार्वजनिक चालू आर्थिक वर्षको मंसिर मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकमा उक्त जानकारी दिइएको छ । चालू आवको पाँच महिनामा रु. ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार बराबरको वस्तु आयात भएको छ ।
यसैगरी नेपालले पाँच महिनामा ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको भटमास तेल, कार्पेट, अलैँची, सूर्यमुखी तेल, चियालगायत निर्यात गरेको छ ।
फेसबुक प्रतिक्रिया











समाचार
आईपीओ आवेदनमा वित्तीय विवरण र कम्प्लायन्स रिपोर्ट अनिवार्य गर्न सेबोनको निर्देशन
धितोपत्र बोर्डद्वारा पूँजी बजार सुधारका लागि निर्देशन जारी, कसलाई के निर्देशन दियो ?
विवादास्पद प्रश्न सोधेको आरोपमा बंगलादेशका तीन पत्रकार हिरासतमा
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
मनसुनी वायुको प्रभाव, चारवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नाडा अटो शोमा सुजुकीको विशेष अफरः २ लाखसम्मको नगद छुट पाउने अवसर
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
मनसुनयता सरदरभन्दा कम वर्षा
गाईजात्रा अघि नै बाजाको धुनबाट भक्तपुर गुञ्जायमान