
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा ६४ अर्ब ५९ करोड ५१ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले कुल वार्षिक लक्ष्यको पाँच महिनाको अवधिमा २९ दशमलव ५० प्रतिशत राजस्व सङ्कलन गरेको हो । कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको साउन महिनामा १२ अर्ब १६ करोड ३२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
भदौ महिनामा १३ अर्ब ४३ करोड १० लाख, असोज महिनामा १३ अर्ब ४३ करोड र कात्तिक महिनामा ११ अर्ब १० करोड ५२ लाख राजस्व सङ्कलन गरेको थियो । तर, मङ्सिर महिनामा भने १४ अर्ब ४१ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने राजस्व सङ्कलन दुई अर्ब ५९ करोड १६ लाख ३० हजार बढेको छ । कार्यालयका अनुसार गत आवको पाँच महिनाको अवधिमा भने ६२ अर्ब ३४ लाख ९५ हजार राजस्व सङ्कलन गरेको थियो ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह