
काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रहरुले राम्रो व्यापार गरिरहेको अवस्था छ । दशैँको छेको पारेर रिलिज भएका चलचित्रदेखि तिहारको समयमा प्रदर्शनमा आएका चलचित्रले पनि बक्स अफिसमा राम्रो कलेक्सन गरे । अझै भनौँ सन् २०२४ मा नेपाली चलचित्रहरुले निकै नै राम्रो व्यापार गर्न सफल भए । चाडपर्वलाई लक्षित गरेर प्रदर्शन भएका चलचित्रले राम्रो व्यापार गर्दा फरक कथा वस्तु र परिवेशमा निर्माण भएको चलचित्र कार्साङ यहि पुसको २६ गते देशभर प्रदर्शनमा आउँदै छ । यो चलचित्रका सम्बन्धमा चलचित्र लेखक तथा निर्देशक एम शेर्पासँग द शेर्पा टाइम्सले गरेको कुराकानीको सम्पादित अंश :
कार्साङ कस्तो कथा वस्तुमा निर्माण भएको छ ?
कार्साङ पारिवारिक चलचित्र हो । यो फरक भुगोल र परिवेशमा निर्माण गरिएको चलचित्र हो । एक किसिमको फरक मानिविय भाव समावेश भएको चलचित्र हो । आम नेपाली अझै भनौँ शेर्पा समुदायमा आधारीत यो चलचित्रमा शेर्पा समूदायले समेत अनुभूति नगरेका विषयहरु समेटिएका छन् । फरक जीवनशैली र फरक संस्कृतिको विषय चलचित्रमा देख्न पाइने छ ।
यो चलचित्रमा को को पात्रहरु छन् ?
हाम्रो यो चलचित्रमा पहिले देखिनै चलिरहेका कलाकारहरु छन् । चलचित्रमा दयाहाङ, जितु नेपाल, दिया मास्के, रविन्द्र झा, बृद्धि तामाङ,प्रेम लोप्चन लगायतका कलाकारहरुको अभिनय देख्न पाइने छ ।भने यहि चलचित्रबाट सृजना निङ्लेकु नायिकाको भुमिकामा डेब्यु गर्दै छन।
त्यस्तै शेर्पा समुदायका चर्चित कलाकार कर्म शेर्पा, डोल्मा ह्योल्मो, लाई पनि हामीले चलचित्रमा देख्न पाउने छौँ ।
कार्साङ फिल्म किन हेर्ने ?
दर्शकले किन हेर्ने भन्दा पनि हामीले यो चलचित्रमा विश्वमा नै अहिलेसम्म नदेखिएको संस्कृतिलाई चलचित्रमा देखाइएको छ । जुन संस्कृति सिन्धुपाल्चोकको यार्सा गाउँमा मात्रै चलन चल्तिमा रहेको छ । त्यो संस्कृतिको शेर्पा समूदाय भित्र पनि एक किसिमले नयाँ हुन्छ भन्ने हाम्रो अपेक्षा रहेको छ । फरक संस्कृतिका विषयमा जानकारी दिनका लागि पनि दर्शकहरु हलसम्म जानु पर्छ भन्ने हो ।
अन्य समूदायभन्दा फरक संस्कृति यार्सा गाउँमा रहेको र त्यो संकृतिको विषय माथि बनेको चलचित्र भएकाले फरक अनुभव लिनका लागि पनि चलचित्र हलसम्म जानु पर्ने हुन्छ ।
यो तपाईको कति औँ चलचित्र हो र यसका गारो सारो पक्ष के रह्यो?
यो मेरो पहिलो चलचित्र हो । यसमा कथा लेखन देखि निर्देशनसम्मको काम म आफैँले गरेको छु । साउनमा छायाँकनमा गएको र पुस २६ गते यो रिलिज हुन्छ । हेर्दा कम समय देखिए पनि यो चलचित्र बनाउनका लागि विगत २ वर्षदेखि निरन्तर यो विषयमा तयारी गरेर निर्माण गरिएको हो । यसरी हेर्दा समय छोटो जस्तो लागे पनि पर्दा पछाडि निकै लामो समय देखि चलचित्रका विषयमा तयारी गरिरहेका थियौँ । कलाकारहरुले निकै महेनत गरेका छन।
चलचित्र कहाँ छायाँकन भयो ?
चलचित्रको मुख्य कथा बस्तु नै सिन्धुपाल्चोकको यार्सा गाउँको भएकाले धेरै जासो चलचित्रका सिनहरु सिन्धुपाल्चोकका नै छन् । जहाँ यो संस्कृति प्रयोग हुन्छ त्यो ठाउँमा नै हो । त्यसैले सिन्धुपाल्चका यार्सा, थाङसीङगोले र अन्थलीमा यो चलचित्र छायाँकन गरिएको छ । यो संस्कृतिको प्रयोग पनि यहि क्षेत्रमा रहेको छ । जसले गर्दा हामीहरुले यो ठाउँलाइ नै लोकेशनका रुपमा छनोट गरेका हौँ ।

अन्त्यमा के भन्न चाहानु हुन्छ ?
अन्त्यमा मैले भन्ने भनेको पुस २६ गतेदेखि प्रदर्शनमा आउने हाम्रो चलचित्रलाई हेरेर माया गरिदिनु होस् । हलमा गएर हेरेर त्यसको प्रतिक्रिया पनि दिनका लागि म सबैलाई आग्रह गर्दछु । हामीहरुले देशभर र विदेशमा पनि पुसर २६ गते एकै साथ चलचित्र प्रदर्शन गर्दैछौँ । शेर्पा समुदायमा पनि छुट्टै संस्कार संस्कृतिलाई उजागर गरेकाले सबैले यो ठाउँको निश्चित संस्कार बुझ्नका लागि पनि चलचित्र हुर्नु पर्ने हुन्छ ।
हामीहरु चलचित्रबाट निकै नै आशाबादी छौँ । फरक संस्कृति र फरक विषयमा बनेको चलचित्र भएकाले दर्शकले फरक किसिमको मनारोञ्जन पाउनु हुने छ । विशेष गरेर शेर्पा संस्कृति माथि बनेको चलचित्र भएकाले यसको सफलताले धेरै अरु संस्कृतिमा पनि चलचित्र निर्माण हुने वातावरण निर्माणका लागि पनि कार्साङ चलचित्र हेर्नुहोस् भन्ने आग्रह गर्दछु ।
हाम्रो नेपाल निकै धेरै भौगोलिक र सास्कृतिक विविधता र जात जाति भएको देश हो । यहाँका सबै जातजातिका कला संस्कृतिका विषयमा चलचित्रहरु निर्माण हुनु पर्छ भन्ने हो । नेपाल प्रचुर मात्रामा कथाले भरिएको देश हो। यो चलचित्रमा सफलता मिलेको खण्डमा अन्य यस्तै फरक फरक संस्कृति र चालचलन लगायत विषयमा खोज अनुसन्धानमा मेहनत गरेर चलचित्र निर्माण पनि हुने छन् भन्ने अपेक्षा गरेका छौँ । सबैलाई पौष २६ मा आ आफ्ना नजिकका सिनेमा हलमा फेरि निमन्त्रणा दिन चहान्छु।













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?