
लुम्बिनी । दुर्घटना न्यूनीकरणका लागि संघसंस्थासँग सहकार्य अभियान सञ्चालन गरिरहेको यातायात मजदुर तथा व्यवसायी भलाइ कोष बुटवलले तिलोत्तमा उद्योग वाणिज्यसँग सम्झौता गरेको छ । संघमा आबद्ध व्यवसायीका निजी तथा सार्वजनिक सवारीसाधनहरू भलाइ कोषमा आबद्ध गराउने र दुर्घटना न्यूनीकरण अभियानमा सहकार्य गर्ने उद्देश्यले वाणिज्य संघ र भलाइ कोष बुटवलबीच द्विपक्षीय सम्झौता भएको हो ।
सम्झौतामा दुवै संस्थाका अध्यक्षले हस्ताक्षर गरेका हुन् । सघले आफ्ना व्यवसायीका सवारीसाधन कोषमा दर्ता भएर सञ्चालन गर्ने सम्झौता गरेको भलाइ कोषका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए । सम्झौतामा निजी तथा भाडामा चल्ने सवारीसाधनका अतिरिक्त संघमा आबद्ध व्यवसायीका मोटरसाइकल तथा स्कुटरहरू समेत कोषमा नियमानुसार शुल्क बुझाइ आबद्ध गराइने उनले बताए ।
कोषमा मासिक शुल्क बुझाउने व्यवसायीलाई रु दुई सय छुट प्रदान गर्नेगरी सम्झौता भएको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले उल्लेख गरे । उनका अनुसार सवारीसाधन बाटोमा दुर्घटना भई जीवित क्षति तथा तेस्रो पक्षको निर्जीव क्षतिको सम्पूर्ण लगानी कोषले बेहोर्नेछ । आफ्नो सवारीसाधनको व्यापक बिमा भएको अवस्थामा दुर्घटनाका कारण क्षति भएमा लागेको खर्चमा कोषले ५० प्रतिशत बेहोर्ने सम्झौतामा उल्लेख छ ।
त्यस्तै, दुर्घटना भई चालकलाई हिरासतमुक्त गर्दा लाग्ने खर्च पनि भलाइ कोषले बेहोर्नेछ । मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुईजनासम्मको उपचार खर्च रकम रु १५ लाखसम्म कोषले लगानी गर्ने सम्झौता भएको संघका अध्यक्ष जानकारी दिए । दुवै पक्षबीच सम्झौता आदानप्रदान कार्यक्रममा कोषका तर्फबाट अध्यक्ष फुल्लेलका साथै उपाध्यक्ष छविलाल थापा, सचिव विजेश न्यौपाने, कोषाध्यक्ष प्रकाशकुमार नेपाल, कार्यालय प्रमुख ठानेश्वर बस्याल, वरिष्ठ लेखा अधिकृत ऋषिराम अर्याल र मणिग्राम शाखा प्रमुख पुरुषोत्तम भण्डारी सहभागी रहेका थिए भने संघका तर्फबाट अध्यक्ष कार्की, पूर्वअध्यक्ष गुणनिधि भण्डारी, वरिष्ठ उपाध्यक्ष सुरज पङ्गेनी, महासचिव राजकुमार पाण्डे, कोषाध्यक्ष टिकाराम भण्डारी, सदस्यहरू नरेशबहादुर क्षेत्री र गङ्गाराम पाण्डेको सहभागिता थियो ।













समाचार
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान