
बाँके । डुडुवा गाउँपालिकाले पर्यटन क्षेत्रको विकासका लागि रणनीतिक योजना तयार गरेको छ । गाउँपालिकाअन्तर्गत विभिन्न स्थानमा पर्यापर्यटनको सम्भावनालाई खोजी गर्दै विकास गर्न योजना बनाइएको छ ।
पालिकामा रहेका विभिन्न मठमन्दिर, मस्जिद, चर्चलगायत, वन क्षेत्र, राप्ती नदी तथा डुडुवा नालालगायत स्थानमा विभिन्न पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना अघि सारिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार पर्यटकीय दृष्टिकोणले डुडुवालाई पहिचान गराउन पर्यटनसँग जोडेर विभिन्न परियोजना सञ्चालन गरिएको छ ।
डुडुवामा सबैभन्दा अग्लो एक सय ५१ फिटको शिव प्रतिमा (स्टेचु अप शिवा) बनाउन सुरु गरिएको छ । डुडुवा गाउँपालिका–२ स्थित रामनगर पाझामा शिव प्रतिमा निर्माण गर्नका लागि जग्गामा पहिलो चरणअन्तर्गत बाउण्ड्री (वाल) निर्माण गर्न शिलान्यास गरिएको छ । अध्यक्ष चौधरीले डुडुवामा शिव प्रतिमा बनाउने कार्य वर्षौँदेखिको योजना बल्ल कार्यान्वयनमा आएको बताए । उनले जग्गाको अभावमा राप्ती नदी पुल नजिक उक्त योजना असफल भएपछि रामनगर पाझामा रहेको एैलानी जमिनलाई प्रयोगमा ल्याएर धार्मिक पर्यटनको विकास गरिएको बताए ।
करिब २७ बिघा जग्गामा बृहत्तर रूपमा पर्यटन क्षेत्रको दीर्घकालीन ‘प्रोजेक्ट’ सञ्चालन गरी कार्यान्वयनमा ल्याइएको अध्यक्ष चौधरीले बताए । वडा नं २ मा पर्यटनको थुप्रै सम्भावना रहेकाले यो परियोजनाले डुडुवालाई चिनाउने वडाध्यक्ष दुर्गाप्रसाद बर्माले बताए । ‘यस वडामा धार्मिक हिसाबले मठमन्दिर, मस्जिद, झुलेङ्गे पुल, डुडुवा नाला, बगर क्षेत्र, सीमानाका रहेको छ, यसलाई विस्तारै सौन्दर्यकरण गरिनेछ, यसले पर्यटन क्षेत्रमा टेवा पुग्छ,’ अध्यक्ष बर्माले भने ।
गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत रु एक करोड चार लाख ६१ हजार छ सय २१ (भ्याटबाहेक)को लागतमा कोहलपुर–११ स्थित दीपक विल्डर्सले ठेक्का पाएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इञ्जिनियर सुरेन्द्रकुमार बर्माले बताए । उनका अनुसार चालु आर्थिक वर्षको असार मसन्तसम्म ‘बाउण्ड्री वाल’ निमार्णको काम सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने