
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै भूभागमा हुस्सु लागेको अवस्था छ ।
कोशी प्रदेशका हिमाली क्षेत्रमा दिउसो साधरणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा साधरणतया बदली रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा साधरणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै मधेस प्रदेशमा दिउँसो साधरणतया बदली रहने सम्भावना रहेको छ । राति तराई क्षेत्रमा साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज बागमती प्रदेशमा साधरणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधरणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधरणतया बदली रहने सम्भावना रहेको छ ।
गण्डकी प्रदेशमा पनि साधरणतया बदली रही धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधरणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधरणतया बदली रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा साधरणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै लुम्बिनी प्रदेशमा दिउँसो साधरणतया बदली रही केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधरणतया बदली रहने सम्भावना रहेको छ । राति पहाडी क्षेत्रमा साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज कर्णाली प्रदेशमा साधरणतया बदली रही धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधरणतया बदली रही केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा साधरणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधरणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा पनि साधरणतया बदली रही धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधरणतया बदली रही केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधरणतया बदली रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा साधरणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।













समाचार
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान