
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको को साधारणसभा सम्पन्न भएको छ । बैंकको १९औं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको हो ।
साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरू पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सभामा बैंकले आफ्ना सेवा सुविधामा समयसापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित सेवा विस्तारलाई प्राथमिकतामा राखेको जानकारी दिइएको छ । अध्यक्ष ढुङ्गानाले बैंकिङ क्षेत्रमा विद्यमान प्रतिस्पर्धा सामना गर्न प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्दै समयानुकूल नीति, नियम तथा कार्यविधिमा परिमार्जन गरिरहेको बताए ।
साधारण सभामा बैंक सञ्चालक समितिका सदस्यहरू महेश भट्टराई, सुशिल घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे तथा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालको उपस्थिति रहेको थियो । साथै, नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृतहरू विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, रामकुमार थापा पनि सहभागी भएका थिए ।
राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ वटै जिल्लाका सदरमुकामहरूमा शाखा विस्तार गरेको छ । बैंकको २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटीएम तथा ९९ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना