
काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको फाइनल खेलको पहिलो पारीमा नेपाल पुलिस क्लबले सुखद् शुरुवात गरेको छ । खराब मौसमका कारण ढीलो सुरु भएको खेलमा पुलिसले पहिलो दिनको खेल सकिदा २ विकेट गुमाएर ८५ रन बनाएको हो ।
पहिलो दिन जम्मा १७ ओभको मात्रै खेल सम्भव भएको थियो । एलिट कपमा एक दिन ६० ओभर खेल्नु पर्ने व्यवस्था रहेको छ । खराब मौसमका कारण आज जम्मा १७ ओभर मात्रै खेल सम्भव भएको हो । वीरगञ्जको नारायणी रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले १७ ओभरमा दुई विकेट गुमाएर ८५ रन बनाएको छ । पुलिसका ओपनर कुशल भुर्तेल ५० रनमा नटआउट छन् । यस्तै अमित श्रेष्ठ २० रन बनाएर आउट भए । आर्मीका सोमपाल कामी र शहाव आलमले समान एक विकेट लिए ।
फाइनल खेल तीन दिवसीय संरचनामा हुनेछ । चार टोली सहभागी प्रतियोगिताको लिग चरणका खेल भने दुई दिवसीय संरचनामा भएका थिए । प्रतियोगितामा सहभागी चार वटा टोलीले समान तीन खेल खेलेका थिए । पुलिसले खेलेको तीन खेलमध्ये दुईमा जीत हात पारेको थियो भने एउटा खेल बराबरीमा टुङ्गिएको थियो । तीन खेलमा पुलिसले ६६ अंक हासिल गरी शीर्ष स्थान रह्यो । आर्मी तीन खेलमा एउटामा विजयी हुँदा दुइ वटा खेल बराबरीमा टुङ्गिएको थियो । ५५ अंकका साथ आर्मी दोस्रो स्थानमा रहेर पुलिससँग फाइनल खेलिरहेको हो । बाग्मती र मधेश प्रदेशले तीन खेलमध्ये एउटा पनि जित्न सकेनन् ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह