
काठमाडौं । चितवन राइनोजलाई पराजित गर्दै काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम चारमा पुग्ने सम्भावना जिवितै राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार काठमाडौँले चितवनलाई ५३ रनले पराजित गरेको हो ।
एनपीएलमा ५ खेलखेल्दा काठमान्डूको यो तेस्रो जित हो । तीन खेलमा जित र दुई खेलमा हार भोगेको काठमाडौँ ६ अंकसहित तेस्रो स्थानमा उक्लेको छ । जितसँगै काठमाडौँको ‘प्लेअफ’ खेल्ने सम्भावना बलियो बनेको छ । लिग चरणका चारमध्ये दुई खेलमा जित र दुई खेलमा हार भोगेको चितवन भने चार अंकसहित चौथो स्थानमा झरेको छ । हारसँगै चितवनले प्लेअफमा पुग्न संघर्ष गर्नुपर्नेछ । आजको खेलमा काठमान्डूले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७.२ ओभरमा ८९ रन बनाउँदा अलआउट भयो । चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१ रन बनाए । सोहेल तनविरले १८ रन थपे । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
चितवनलाई कम स्कोरका रोक्न काठमाडौका रसिद खानले ३ विकेट लिए । करण केसी, मिलिन्द कुमार, साहब आलमले समान दुई विकेट लिए । सन्तोष यादवले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँ २ बल बाँकी छँदै सबै विकेट गुमाएर १४२ रन बनाएको थियो । उसका लागि जोन सिमसनले ६० रनको योगदान दिए भने मिलिन्द कुमारले ३८ रन बनाए । यी दुईले ९८ रनको साझेदारी गरेपछि काठमाडौँले सम्मानजनक योगफल खडा गरेको थियो । चितवनका लागि सोहेल तनविरले ४ विकेट लिए । रन्जित कुमार र कमलसिंह ऐरीले समान दुई विकेट झारे । रवि बोपाराले एक विकेट लिए ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह