
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.८३ अंकले बढेर २५९५.९६ को बिन्दुमा पुगेर बजार बन्द भएको हो । आज फ्लोट इण्डेक्स ०.०२ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स २.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक घटेको छ।
बुधबार २९९ कम्पनीको १ करोड ७ लाख ४५ हजार ४ सय २७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड ४९ लाख ४ हजार १ सय ३४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज १२४ कम्पनीको सेयर मूल्य बढ्दा १०८ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको सेयर मल्य स्थिर रहेको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड ४९ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार १ सय ८७ रुपैयाँ पुगेको छ । बुधबार १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।












समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए