
बागलुङ । बागलुङकै ठूलो खेतीयोग्य जमिनमध्येको एक बलेवाको दम्काफाँटमा कालीगण्डकीको पानी पु¥याएर सिँचाइ गरिएको छ । करिब २४ हेक्टरको दम्काफाँटमा सिँचाइको अभावमा जमिन विस्तारै बाँझिन थालेपछि लिफ्टमार्फत कालीगण्डकीको पानी ल्याइएको हो ।
दम्काफाँटमा ४० प्रतिशत जग्गा बाँझो भएपछि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, पोखराले रु तीन करोड लागतमा फाँट मुनिको कालीगण्डकी नदीको पानी दम्काफाँटमा ल्याएको छ । अहिले लिफ्ट सिँचाइ आयोजनाको सफल परिक्षणसमेत सम्पन्न भइसकेको छ ।
यस वर्ष परिक्षणकै रुपमा केही भागमा सिँचाइ गर्ने र वितरण लाइन विस्तार गरेपछि २४ हेक्टर जमिन नै सिँचाइ गर्ने आयोजनाले जनाएको छ । लिफ्टमार्फत बागलुङमा सिँचाइ गरिएको यो सबैभन्दा ठूलो योजना हो । उर्भरभूमी रहेको दम्काफाँटमा एउटै याममा एक हजार ७०० मुरी धान फल्ने गरेको छ ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका प्रमुख विदुरमान श्रेष्ठका अनुसार २४ हेक्टर खेतियोग्य जमिन बाँझिदै जान थालेपछि ठूलो जोखिम मोलेर लिफ्ट योजना ल्याइएको बताए । उनले कालीगण्डकी नदीबाट दम्काफाँट अलि माथि भएकाले ‘डबल लिफ्ट’ गरिएको बताए । पहिलो १४० र दोस्रो १४३ मिटरमा दुई लिफ्ट प्रणाली मार्फत दम्काफाँटमा प्रतिसेकेण्ड पाँच दशमलव पाँच लिटर पानी ल्याउन सफल भएको श्रेष्ठले बताए ।
‘सहुलियत विद्युत् महशुलका कारण किसानलाई सिँचाइमा सहजता हुनेछ, कम लागतमा फाँट मुनिको पानी ल्याउँदा बाँझो जग्गा हराभरा हुने अपेक्षा हाम्रो छ’, आयोजना प्रमुख श्रेष्ठले भने, ‘यस वर्ष मुख्य स्थानबाट सिँचाइ थाल्छौं, आगामी वर्ष वितरण लाइनसमेत विस्तार गरेर दम्काफाँटको २४ हेक्टर जमिन नै सिँचाइ गराउँछौं, अहिले ठेक्का र उपभोक्ता समितिमार्फत रु दुई करोड खर्च भइसकेको छ ।’
निरन्तरको पहल तथा तत्कालीन सांसद तथा नगरप्रमुखको पहलमा दम्काफाँटमा योजना पर्न सफल भएको र अहिले कालीगण्डकीको पानी सफल रुपमा ल्याउन सकिएको बागलुङ नगरपाकिला–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए । उनले बलेवाका अधिकांश जनताको खेतीयोग्य जग्गा दम्काफाँट भए पनि स्रोतको अभावमा हिउँदमा मात्रै नभएर वर्खामा समेत सिँचाइ असुविधा रहेको जानकारी दिए ।
‘योजना ल्याउन लामो समय प्रयास थालियो, अहिले सफल भएका छौं, वर्खाको भल छोपेर खेत रोप्ने दम्काफाँटमा हिउँदमा समेत खेती गर्न सकिनेछ’, शर्माले भने, ‘यहाँका नागरिकले सिँचाइको अभावमै खेतीयोग्य जग्गा बाँझो राख्न थालेका थिए, आगामी वर्ष पुरै दम्काफाँटमा सिँचाइ गर्नका लागि वितरण लाइन समेत जडान गरिने छ ।’
स्थानीय नागरिकको वर्षौदेखिको सिँचाइको माग पूरा गरिएको दम्काफाँट लिफ्ट सिँचाइ आयोजना, बागलुङ–१३ स्थित उपभोक्ता समितिका अध्यक्ष ओम तक्मेलले जानकारी दिनुभयो । उपभोक्ता समिति र ठेक्कामार्फत लिफ्ट सिँचाइ आयोजना सम्पन्न भएको जनाउँदै उनले उपभोक्ता समितिमार्फत २४ हेक्टर जग्गामा सिँचाइ सुविधा विस्तारको काम अझै बाँकी रहेको बताए।
‘एक करोड ४४ लाखमा पपैँया/विएसी इलाम जेभीले २०८० असार २१ मा ठेक्का सम्झौता गरेर २०८१ पुस मसान्तमा निर्माण सम्पन्न गरेको थियो । त्यसपछि उपभोक्ता समितिमार्फत बाँकी काम सम्पन्न भएको हो । उपभोक्तामार्फत अहिलेसम्म २७ लाख खर्च भइसकेको र उपभोक्ता समितिमार्फत लागत अनुमानमा भएको शाखा लाइन विस्तार लगायतको काम बाँकी रहेको छ ।













समाचार
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन