
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले आज माघ ९ गतेदेखि ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर–२०८८’ ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिडिबेन्चर १ हजार रुपैयाँका दरले कुल ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।
जसमध्ये १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट र १ लाख २० हजार कित्ता सार्वजनिक निष्कासन गरेको हो । सार्वजनिक निष्कासनमध्ये ६ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । यो ऋणपत्रमा घटीमा २५ कित्ता र बढीमा १ लाख २० हजार कित्ता माग गर्दै आवेदन दिन सकिनेछ । यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउनेछन् । निष्काशन बन्द छिटोमा माघ १३ गते हुनेछ भने ढिलोमा माघ २३ गते हुनेछ ।
यसमा नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सि–आस्बा प्रणालीमार्फत् आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमटेडले गर्नेछ ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू