
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक १० दशमलव ४१ अंकले घटेर बन्द भएको हो ।
आइतबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६४३ दशमलव ९३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १२१ कम्पनीको सेयर मूल्य घटेको छ भने ११६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव २० अंकले घटेर ४४३ दशमलव ६० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको मात्रै बढेको छ ।
परिसूचक दोहोरो अंकले घटेको दिन कारोबार रकम भने ९ अर्बभन्दा माथि पुगेको छ । आज सेयर बजारमा ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार ५१४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१८ कम्पनीका १ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर ९४ हजार ८१३ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ भने ४ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम