
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औँ साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले ११ औं साधारणसभा फागुन ११ गते काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मिराबेल रिसोर्ट एण्ड होटलमा बिहान साढे ११ बजेदेखि बस्नेगरी बोलाएको हो ।
सभाले हाल कायम चुक्ता पुँजीको आधारमा ५ प्रतिशत बोनस सेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ । त्यसैगरी अन्य उपयुक्त लघुवित्तसँग मर्जर तथा सञ्चालक समितिका सदस्यहरूको भत्ता तथा सुविधा बढाउन र प्रबन्त्रपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
त्यसैगरी सेयर संरचना संशोधन गर्ने, गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, चालू आवको वार्षिक कार्यक्रम, योजना तथा बजेटमाथि छलफल सहित अनुमोद गर्ने र १ जना महिला सहित ४ जना संस्थापक र २ जना सर्वसाधारण सञ्चालकको निर्वाचन गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २४ गते बुक क्जोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा माघ २३ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना