
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति र सम्पदाको अध्ययन एवं अनुसन्धानमा बढवा दिनुपर्ने बताएका छन् । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले आज आयोजना गरेको प्रा डा सोमप्रसाद खतिवडाद्वारा लिखित ‘हनुमानढोका दरबार क्षेत्रका मूर्त सांस्कृतिक सम्पदा’ नामक पुस्तकको विमोचन गर्दै उनले संस्कृति र सम्पदा क्षेत्र अध्ययन तथा अनुसन्धानका आधारमा नभई लहडका आधारमा निष्कर्ष निकालिने गरेकाले समस्या आउने गरेको बताएका हुन् ।
नेपालका विविध संस्कृति, प्रकृति र सम्पदा खुला सङ्ग्रहालयका रूपमा रहेको मन्त्री पाण्डेको भनाइ छ । नेपाल विविध संस्कृति, प्रकृति र सम्पदाको खुला सङ्ग्रहालयका रूपमा रहेको उनले बताए । सम्पदा महत्त्वपूर्ण पुँजीका रूपमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले जल, जङ्गल र जडीबुटीजस्ता जैविक सम्पदाको संरक्षणको आवश्यकता औँल्याए । प्राकृतिक सम्पदा जोगाउनका लागि प्राज्ञिक रूपमा बहस र छलफल हुनुपर्नेमा पनि उनले जोड दिए । ‘सम्पदाको अध्ययन, अन्वेषण हुँदा तथ्य र तथ्याङ्कमा आधारित भई वैज्ञानिक रूपमा पुष्टि हुनेगरी निष्कर्षमा पुग्नुपर्छ, हनुमानढोका दरबार क्षेत्रको मूर्त सांस्कृतिक सम्पदा नामक पुस्तकले अनुसन्धात्मक तरिकाले विराट र विशाल रूप बढाएको छ’, मन्त्री पाण्डेले भने ।
पुस्तकका लेखक प्रा डा सोमप्रसाद खतिवडाले हनुमानढोका दरबार सङ्ग्रहालयको भ्रमण गरेपछि यससम्बन्धी पुस्तक लेख्ने सोच आएको बताए । मूर्त सम्पदाका विषयवस्तु मात्र पुस्तकमा उल्लेख गरिएको जानकारी पनि उनले गराए । दरबारभित्रका ११ वटा मन्दिर र दरबार बाहिरका १९ गरी ३० वटा मठमन्दिरका बारेमा पुस्तकमा उल्लेख गरिएको जानकारी पनि लेखक खतिवडाले गराए । ती मन्दिरका कला, वास्तुकलाका बारेमा पनि पुस्तकमा विषयवस्तु समावेश गरिएको छ ।
‘मोहनकाली चोकको ढुङ्गेधारामा ८०/९० वटा मूर्ति रहेको छ, भित्र सुन्धारामा पनि त्यस्तै दुर्लभ मूर्ति छन्, कालीय दमन मूर्ति यहीँ छ, लिच्छविकालको जलासन्ध विष्णुको मूर्ति यहीँ छ, पञ्चबुद्ध शिवको मूर्ति यहीँ छ, यहाँका चित्रलगायत विषय पनि पुस्तकमा समावेश गरिएको छ’, उनले भने । हनुमानढोका दरबार हेरचाह अड्डाले प्रकाशन गरेका चित्रका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको छ । पहिले हुने कतिपय जात्रा, पर्व यहाँ हुन छोडेको पनि कार्यक्रममा प्रा डा खतिवडाले सुनाए । परिषद्का अध्यक्ष एवं कलाकार बमबहादुर कार्कीले नेपालका महत्त्वपूर्ण संस्कृतिलाई अन्य देशमा पनि प्रचारप्रसार गर्न नेपालबाट प्रतिनिधित्व गर्ने राजदूतलाई यससम्बन्धी जानकारी गराइएको बताए ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम