
काठमाडौं । ग्यास व्यवसायीले राज्यको तर्फबाट लगानी संरक्षणको साटो निरुत्साहित गर्ने काम भएको भन्दै आन्दोलन गर्ने घोषणा गरेका छन् । नेपाल एलपी ग्यास उद्योग संघले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै आफ्ना माग पूरा नगरे माघ ३० गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको हो ।
विगत ६ वर्षदेखि डिलर कमिसन, ढुवानी, आभेरहेड खर्च वृद्धि नभएकाले तत्कालै वृद्धि हुनुपर्ने र हरेक वर्ष मुद्रास्फिती दरअनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने संघको माग छ । त्यस्तै, संघले उद्योगी डिलरको मुनाफा प्रतिशतमा पाँच प्रतिशत नघट्ने व्यवस्था हुनुपर्ने जनाएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष शिवप्रसाद घिमिरेले विभिन्न १९ बुँदे माग प्रस्तुत गर्दै आफ्ना माग पूरा नभए माघ ३० गतेदेखि देशभरका ५९ वटै ग्यास उद्योगले आयल निगमबाट डेलिभरी अर्डर खरिद नगर्ने र नगराउने बताए ।
त्यस्तै, फागुन १ देखि ५ गतेसम्म विरोधका कार्यक्रमबारे प्रचार–प्रसार गर्ने, फाल्गुन ६ गतेदेखि भारतको इन्डियन आयलका निगमका लागि लोड हुने एलपी ग्यासको बुलेट कुनै पनि लोड नगर्ने उनले बताए । त्यस्तै, फाल्गुन १२ गतेदेखि नेपालका लागि लोड भएर आएका कुनै पनि ग्यास बुलेट भन्सार नाकाबाट नछुटाउने संघले चेतावनी दिएको छ । त्यस्तै, फाल्गुन १८ गतेदेखि माग पूरा नभएसम्म उद्योगहरू अनिश्चित बन्द गर्ने र फाल्गुन २२ गतेबाट देशभरका ग्यास बिक्रेता डिपोले बिक्री बन्द गर्ने अध्यक्ष घिमिरेले बताए ।
त्यस्तै, संघले सरकारको पूर्ण स्वामित्व र नियन्त्रित मूल्यका कारण आयल निगमले एलपी ग्यासमा मात्रै वार्षिक करिब नौ अर्ब घाटा व्यहोर्दै आएको जनाएको छ । हाल नेपालमा ५९ ग्यास उद्योग सञ्चालनमा रहेका छन् । नेपालमा विस्फोटक ऐन कानुन र नियमक निकाय नहुँदा भारतको ऐन नियमअनुसार भारतबाटै इजाजत लिई उद्योगहरू सञ्चालनमा रहेको संघले जनाएको छ ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान