
भोजपुर । खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र थालिएको छ । मध्यपहाडी लोकमार्गको शून्यविन्दुबाट कालोपत्र थालिएको हो ।
यो सडकखण्डको करिब २५ किलोमिटरमध्ये पहिलो खण्डमा शून्यविन्दुबाट रु दुई करोड ६१ लाख ७१ हजार ६३१ लागतमा कालोपत्र थालिएको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयले जनाएको छ । ‘खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडकखण्डको शून्यविन्दुबाट कालोपत्रको काम थालेका छौँ’, टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भने, ‘यो सडकको करिब २५ किलोमिटरमध्ये डेढ किलोमिटर कालोपत्र हुन्छ ।’
यही सडकको दोस्रो खण्ड हुँगे गाउँ पुछारबाट पाँचधारेसम्म स्तरोन्नतिको काम पनि भइरहेको छ । यहाँ सडक डिभिजन कार्यालयले रु दुई करोड र कोशी प्रदेश सरकारको रु २५ लाख गरी कूल रु दुई करोड २५ लाख लागतमा स्तरोन्नति गरिरहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।
फेसबुक प्रतिक्रिया













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात