
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी नेपालको नोटमा नेपाल संवत् समावेश गर्ने विषयमा विस्तृत छलफल गरेको छ । नेपाल संवत्लाई नेपालको आधिकारिक क्यालेन्डरको रूपमा मान्यता दिइसकेको भए पनि नेपाल राष्ट्र बैंकका नोटहरूमा अझै नेपाल संवत्लाई समावेश गरिएको छैन । यसै सन्दर्भमा, नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिको प्रतिनिधिमण्डलले सरकारको ध्यानाकर्षण गराउँदै नेपाल राष्ट्र बैंकले यस प्रक्रियालाई अघि बढाइसकेको जानकारी गराएको हो ।
प्रतिनिधिमण्डलका अनुसार अर्थमन्त्री पौडेलले नेपाल संवत्लाई नोटमा समावेश गर्ने विषयमा सकारात्मक धारणा राख्दै यस सम्बन्धी प्रक्रिया छिट्टै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन् । समितिले नेपाल संवत्लाई नोटमा समावेश गर्नु ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मात्र नभई पहिचानको विषय पनि भएको भन्दै तत्काल आवश्यक पहल गर्न आग्रह गरेको छ ।
नेपाल संवत्लाई नेपालको मौद्रिक प्रणालीमा आधिकारिक रूपमा समावेश गर्नुपर्नेसम्बन्धी अभियान लामो समयदेखि चलिरहेको छ। यसअघि पनि विभिन्न समुदाय र संस्थाहरूले सरकारसमक्ष पटक–पटक माग राखेका थिए । नेपाल राष्ट्र बैंकले यसबारे प्रारम्भिक प्रक्रिया अघि बढाइसकेको भए पनि कार्यान्वयन चरणमा जान समय लागेको भन्दै सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
प्रतिनिधिमण्डलले यस विषयमा थप पहल जारी राख्ने प्रतिबद्धता जनाएको छ भने अर्थमन्त्री पौडेलले आवश्यक प्रक्रिया छिट्टै अघि बढाइने आश्वासन दिएका छन ।













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज