
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्सले २८ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २८ करोड २२ लाख रुपैयाँ नाफा कमाएको हो ।
यो गत आवको सोही अवधिको भन्दा १४.०५ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कम्पनीले ३२ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्ममा कम्पनीले जीवन बीमा कोषमा ८ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । गत बर्षको सोही अवधीमा यस्तो कोषको आधार ६ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधीमा कम्पनीले १० अर्ब २८ करोड रुपैयाँ लगानी गरेको छ ।
समीक्षा अवधीमा कम्पनीले २ अर्ब ४५ करोड रुपैयाँ कुल बीमा शुल्क आम्दानी गरेको छ । भने ७२ करोड ७२ लाख रुपैयाँ दावी भुक्तानी दिएको छ । दोस्रो त्रैमासिक अवधीसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १४.२५ रुपैयाँ, रहेको छ भने नेटवर्थ १६६.१२ रुपैयाँ, पिई अनुपात ४२.२५ र प्रति शेयर कूल सम्पत्तिको मूल्य ४०६.१७ रुपैयाँ रहेको छ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना