
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध पाँच जनवर्गीय संगठनको पुनर्गठन गर्दै नयाँ नेतृत्व चयन गरिएको छ। बुधबार च्यासलस्थित ज्यापु प्रज्ञा भवनमा आयोजित रूपान्तरण तथा पुनर्गठन घोषणा सभा मार्फत समाजवादी किसान महासंघ, नेपाल बौद्धिक पेसाकर्मी महासंघ, समाजवादी आदिवासी जनजाति महासंघ, संघीय समाजवादी खेलकुद महासंघ, संघीय कानून व्यवसायी महासंघ को पुनर्गठन गरिएको हो।
पुनर्गठित संगठनमा अध्यक्ष पदमा समाजवादी किसान महासंघमा भाग्य नारायण राय यादव, नेपाल बौद्धिक पेसाकर्मी महासंघमा अर्जुन श्रेष्ठ, समाजवादी आदिवासी जनजाति महासंघमा योगराज वनेम, संघीय समाजवादी खेलकुद महासंघमा नेत्र नेम्बाङ, संघीय कानुन व्यवसायी महासंघमा दीपक राई चयन भएका छन्।
जनवर्गीय संगठनहरूको सशक्तीकरणमा जोड
घोषणा सभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका केन्द्रीय समितिका अध्यक्ष एवं पूर्वमन्त्री अशोक राई ले जनवर्गीय संगठनहरू जनता र पार्टीबीचको सेतु भएकाले यसको उद्देश्य प्राप्तिका लागि प्रभावकारी रूपमा अघि बढ्नुपर्ने बताए। उनले कृषिलाई जीविका मुखीबाट आधुनिक, व्यवसायिक, र आत्मनिर्भर बनाउने नीति आवश्यक रहेको औंल्याए।
त्यस्तै, जसपाका संघीय परिषद् अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ ले प्रत्येक महासंघले आफ्नो कार्ययोजना बनाई देशभर संगठनलाई प्रभावकारी बनाउनुपर्ने बताए। उनले “नयाँ कार्ययोजनाको ठोस कार्यान्वयनबाट यी संगठनहरूले समाजमा फरक पहिचान स्थापित गर्नुपर्छ,” भन्ने धारणा व्यक्त गरे।
नयाँ नेतृत्वद्वारा प्रतिबद्धता व्यक्त
नवनियुक्त अध्यक्षहरूले आफ्ना महासंघहरूलाई अझ प्रभावकारी बनाउन विभिन्न कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
- समाजवादी किसान महासंघका अध्यक्ष भाग्य नारायण राय यादव ले किसानका समस्या समाधान, अधिकार प्रत्याभूति, र कृषि नीतिको सुधार प्राथमिकतामा रहने बताए।
- नेपाल बौद्धिक पेसाकर्मी महासंघका अध्यक्ष अर्जुन श्रेष्ठ ले बौद्धिक समुदायलाई सामाजिक तथा राजनीतिक परिवर्तनमा सशक्त रूपमा संलग्न गराइने उल्लेख गरे।
- समाजवादी आदिवासी जनजाति महासंघका अध्यक्ष योगराज वनेम ले आदिवासी जनजातिको पहिचान र हक अधिकार सुनिश्चित गर्न महासंघ क्रियाशील रहने बताए।
- संघीय समाजवादी खेलकुद महासंघका अध्यक्ष नेत्र नेम्बाङ ले खेलकुदको विकास र खेलाडीहरूको हक हितको प्रवद्र्धन गर्ने बताए।
- संघीय कानुन व्यवसायी महासंघका अध्यक्ष दीपक राई ले कानूनी सुधार र न्यायिक पहुँचका सवालमा महासंघले ठोस पहल गर्ने बताए।
कार्यक्रममा भव्य उपस्थिति
घोषणा सभामा प्रमुख अतिथिका रूपमा जसपाका संघीय परिषद् अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ तथा विशिष्ट अतिथिका रूपमा केन्द्रीय समितिका अध्यक्ष एवं पूर्वमन्त्री अशोक राई उपस्थित थिए। जसपाका उपाध्यक्ष द्वय रणध्वज लिम्बु, सुशिला श्रेष्ठ, विभिन्न जिल्ला, प्रदेश, तथा केन्द्रीय तहका नेताहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा शाक्य सुरेनले स्वागत मन्तव्य दिएका थिए।












समाचार
चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
पिएसजी र म्यानचेस्टर युनाइटेडको बराबरी
लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गरिने
चितवन हुलाक कार्यालयबाट एक करोड भन्दा बढी राजस्व संकलन
विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड
हर्मुज खोल्न तेहरानले अघि सार्याे कडा सर्त, अमेरिकी नाकाबन्दी अन्त्य र क्षतिपूर्तिको माग
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ सम्पन्न
कुमारी बैंकको ३ लाख २० हजार कित्ता सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन ?
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?