
काठमाडौं । माहेश्वरी महिला मञ्च विराटनगरले कोशी अस्पताललाई फलामको ९ थान डस्विन प्रदान गरेको छ । मञ्चको स्वच्छता अभियानअन्तर्गत कोशी अस्पतालको फोहोर व्यवस्थापन गर्ने उद्देश्यका साथ एक कार्यक्रमबीच एसियन थाई फुड्स प्रालिले फलामको ९ थान डस्विन अस्पताललाई दिएको हो ।
कार्यक्रममा माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष महिला उद्यमी ललिता जाजु र माहेश्वरी समाज विराटनगरका अध्यक्ष उद्योगी घनश्याम काबराले कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुना झालाई उक्त डस्विन हस्तान्तरण गरेका थिए । अखिल भारत वर्षीय माहेश्वरी महिला संगठनका संरक्षक रतनीदेवी काबरा प्रमुख अतिथि रहेको यस कार्यक्रममा अखिल भारत वर्षीय माहेश्वरी महिला संगठनका पूर्वाञ्चल उपाध्यक्ष गिरीजा सारडा, माहेश्वरी महिला मञ्च विराटनगरका संस्थापक अध्यक्ष गोमती राठी, नरसेवा नारायण सेवाका अध्यक्ष पृथ्वी अग्रवाल, नेपाल माहेश्वरी संगठनका उपाध्यक्ष उद्योगी आनन्द जाजुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संयोजक बिन्दु अटल रहेकी थिइन् । माहेश्वरी महिला मञ्च विराटनगरले संस्थाको उत्तरदायित्वअन्तर्गत समय–समयमा विभिन्न क्षेत्रलाई सहयोग गर्दै आएको छ । आगामी दिनमा महिला मञ्चले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने पनि प्रतिबद्धता गरेको छ ।













समाचार
ठेकेदारको लापरबाहीले तीन महिनादेखि, दुई सय परिवार खानेपानीबाट वञ्चित
एभर्टनको विजयी सुरुवात
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
एस्पीको निर्णायक गोलमा रियलको विजयी सुरुवात
बङ्गालको खाडीमा २४ जना सवार मालवाहक जहाज डुब्यो
म्यानचेस्टर युनाइटेड हलसँग पराजित
जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने
प्रभु महालक्ष्मी लाइफको १३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने
साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता