
काठमाडौं । नेपाल कमर्स क्याम्पस मिनभवन (एनसीसी) मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुबाट निराजन भट्टराई बलियो दाबेदारका रुपमा देखिएका छन् । विगत लामो समयदेखि विद्यार्थीको हकहतिमा काम गर्दै आएका भट्टराई आगामी चैत ५ गते हुने निर्वाचनको बलियो दाबेदारका रुपमा देखिएका हुन् ।
क्याम्पसका आम विद्यार्थीमाझ परिचित, सरल स्वभावका भट्टराई विगत ८ वर्ष देखि विद्यार्थीका समस्या समाधान तथा हकहतिका लागि निरन्तर काम गर्दै आएका विद्यार्थी नेता हुन् । पूर्वी नेपालको ओखलढुङ्गाको लिखु गाउँपालिकाबाट उच्च शिक्षा हासिल गर्नका लागि काठमाडौं आएका उनी हाल एनसीसी कलेजमा एमबीएस पहिलो सेमेष्टरमा अध्ययनरत छन् ।
‘पहिलेदेखि नै विद्यार्थीको हकहितमा काम गर्दै आएको छु । स्ववियु भनेको विद्यार्थीको हकहितकै लागि काम गर्ने संस्था हो । त्यसले गर्दा स्ववियु सभापति (अध्यक्ष) भएर विद्यार्थीको हकहितलाई अझ प्रभावकारी रुपमा उठाउने छु,’ उनले भने । विद्यार्थीका समस्याका सवालमा र आम विद्यार्थीमाझ परिचित भएकाले स्ववियु निर्वाचनमा आफू विजयी हुने आधार भएको उनको भनाइ छ । भट्टराई अनेरास्ववियुको पूर्व क्याम्पस कमिटिका सहसचिव समेत हुन् । अध्ययनशिल र विद्यार्थीमाझ परिचित भएकाले उनी उम्मेदावर बन्दा सहज रुपमा विजय हासिल गर्न सक्ने विद्यार्थीहरुले बताउने गरेका छन् ।













समाचार
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान