
काठमाडौं । नेपालमा सिम कार्डको आयात बढ्दो क्रममा रहेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को ७ महिनासम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार नेपालमा ४ करोड ७९ लाख ३२ हजार रुपैयाँ बराबरको सिम कार्ड आयात भएको छ।
सो अवधिसम्म माथि उल्लिखित रकम बराबरको १० लाख ७१ हजार ४८१ थान सिम कार्ड आयात भएको विवरणमा उल्लेख छ। सरकारले सो परिमाणको सिम कार्ड आयातबाट यो अवधिमा १ करोड १६ लाख ५२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा छिमेकी चीन र भारतसहित विश्वका जम्मा १२ मुलुकबाट सिम कार्ड आयात भएको छ।
७ मिहनाकाे सबैभन्दा बढी चीनबाट ४ करोड ७० लाख ४८ हजार रुपैयाँ बराबरको १० लाख १ हजार ५ सय ५ थान सिम कार्ड आयात भएको छ। यसैगरी मेक्सिकोबाट ३ लाख २३ हजार बराबरको ४५ हजार थान, बेलायतबाट ३ लाख ३ हजार बराबरको १५ हजार ६ सय थान, अस्ट्रेलियाबाट १ लाख २५ हजार बराबरको ६ हजार ५ सय थान सिम कार्ड आयात भएको छ।
यसैगरी दक्षिण कोरियाबाट १७ हजार बराबरको ११०० थान, अमेरिकाबाट ३३ हजार बराबरको ६१४ थान, जापानबाट ६९ हजार बराबरको ५०० थान, क्यानडाबाट ३ हजार बराबर ५०० थान, भारतबाट १० हजार बराबरको १५१ थान सिम कार्ड भित्रिएको छ।
यस्तै बेल्जियमबाट ६ थान सिम कार्ड आएको छ जसको कुनै मूल्य उल्लेख छैन भने, सर्बियाबाट १ हजार बराबरको ४ थान र डेनमार्कबाट मूल्य उल्लेख नगरिएको १ थान सिम कार्ड आयात भएको प्रतिवेदमा उल्लेख छ।













समाचार
नेपाल नेत्रज्योति सङ्घद्वारा कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर : एक हजारभन्दा बढी लाभान्वित
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र
प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै
नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण
विश्वकप फुटबल : अमेरिका पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा
मल्टीपर्पस फाइनान्सको साढे ३० हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
रुख कटानको निर्णय नहुँदा चितवनमा कृष्णसार ल्याउन ढिलाइ