
काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज भारत र अष्ट्रेलिया खेल्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरू हुनेछ ।
अर्को सेमिफाइनलमा भोलि न्युजिल्यान्ड र दक्षिण अफ्रीकाले पाकिस्तानको लाहोरमा खेल्दैछन् । समुह ‘ए’ बाट भारत समूह विजेता र न्युजिल्याण्ड उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । समुह ‘बी’ बाट दक्षिण अफ्रिका विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।
आठ टोली सहभागी च्याम्पियन्स ट्रफीमा समूह ‘ए’ बाट बङ्गलादेश र पाकिस्तान तथा समूह ‘बी’ बाट इङ्ग्ल्यान्ड र अफगानिस्तान समूह चरणबाट बाहिरिएका थिए । च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा हुने छ । यो खेल भारत फाइनल नपुगे पाकिस्तानमा र पुगेमा दुबईमै हुनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम