
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सरकार बिचौलियाहरूले चलाइरहेको आरोप लगाउका छन् । प्रतिनिधि सभामा बोल्दै उनले प्रधानमन्त्री तथा मन्त्रीहरूले शासन सञ्चालन गर्न नसकेको बताउँदै ‘सरकारको दुई तिहाईको घोडा बिचौलियाले चलाइरहेको आरोप लगाएका हुन् ।
उनले सरकारी नियुक्ति, निर्णय तथा नीतिहरू बिचौलियाहरूको निर्देशनअनुसार हुने गरेको दाबी गर्दै भने, ‘तपाईंहरूले गर्ने नियुक्ति र सेटिङ सरकारको होइन, बिचौलियाहरूको निर्णय बमोजिम भइरहेको छ। पछिल्लो आठ महिनामा एउटा मात्र नीति, निर्णय, वा नियुक्ति देखाउनुस्, जसको पछाडि बिचौलियाको हात छैन ।’
प्रचण्डले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने स्पष्ट पार्दै राजावादीहरूलाई लोकतन्त्रभित्रै आफ्नो स्थान खोज्न आग्रह गरे । ‘राजावादीलाई मेरो आग्रह छ, लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्। हामीलाई कुनै आपत्ति छैन,’ उनले भने । उनले लोकतन्त्र सबै राजनीतिक दलहरूको साझा मूल्य भएकाले असंवैधानिक बाटो खोजिए पुनः क्रान्ति हुन सक्ने चेतावनी दिए । ‘लोकतन्त्र प्रचण्डको मात्रै होइन, ज्ञानेन्द्रको पनि हो। असंवैधानिक बाटो खोजिए भने इतिहासले क्रान्तिलाई दोहोर्याउनेछ’ उनले भने ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल