
काठमाडौं । गत साता उच्च अंकले बढेको सेयर बजार यो साताको पहिलो दिन सामान्य अंकले बढेर कारोबार भएको छ । गत साता ५ प्रतिशतले वृद्धि भएको सेयर बजार आज ० दशमलव ३२ अंकले बढेर २८७० दशमलव ९५ विन्दुमा पुगेको हो । आज नेप्से परिसूचक २९०० विन्दु माथि पुगेर फर्केको हो । दिनको कारोबार सममा नेप्से परिसूचक २९२२ विन्दुसम्म पुगेको थियो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने २ दशमलव ४६ अंकले घटेर ४९८ दशमलव ०३ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ वटा उपसूचकमध्ये ८ वटा उपसूचकको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । आज सेयर बजारमा १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४४ कम्पनीको सेयर मूल्य घटेको छ ।
परिसूचक घटेको दिन कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ । गत बिहीबार सेयर बजारमा १६ अर्ब माथिको कारोबार भएको बजारमा आज २१ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१६ कम्पनीका ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर १ लाख ७८ हजार १७६ पटक खरिद बिक्री हुँदा २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ रुपैयाँ बराबरको कारोबार भएको छ । यो ११ महिना यताकै उच्च कारोबार हो । गत वर्षको भदौ २ गते सेयर बजारमा २१ अर्ब ३१ करोेड ३४ लाख ८९ हजार २६९ रुपैयाँको कारोबार भएको थियो ।
नेपालको सेयर बजारमा हालसम्मकै उच्च कारोबार २०८१ साल साउन ३१ गते भएको थियो । त्यो दिन सेयर बजारमा २९ अर्ब ९५ करोड माथिको कारोबार भएको थियो । आज सेयर बजारमा ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज उन्नति सहकार्य लघुवित्त, सान्भी इनर्जी, ट्रेडटावर, शिव श्री हाइड्रोपावर र विन्दाबासिनि हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।












समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै