
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँड गरिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले त्यसको १० प्रतिशतले हुन आउने ४ लाख ९७ हजार ९२ कित्ता नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको थियो । कम्पनीले असोज ७ गते मंगलबारदेखि असोज १० गते शुक्रबारसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको थियो । उक्त अवधिभर ५६ हजार जनाले रीतपूवर्क आवेदन दिएका थिए ।
मागभन्दा बढी आवेदन परेपछि कम्पनीले गोला प्रथाबाट आईपीओ बाँडफाँड गरेको थियो। बाँडफाँडमा ४९ हजार ७०९ जना आवेदकहरूले १०÷१० कित्ता र त्यहीमध्येबाट २ जनाले थप १÷१ कित्ता गरी कुल ११ कित्ता आईपीओ हात पारेका छन् ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह