
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको आयोजनामा यही चैत ८ र ९ गते हुने ‘वोङ्छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५’ को तयारी पूरा भएको छ ।
आयोजकले बिहीबार विज्ञप्ति जारी गर्दै दुई दिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगिता कामपा वडा नं. १६ कालधारा पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सञ्चालन हुनेछ । प्रतियोगिता पुरुष १३ र महिला ६ गरी कूल १९ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिता उद्घाटन चैत ८ गते शुक्रबार बिहान ८ बजे हुनेछ । सुरुमा खेलाडीहरुलाई प्रतियोगिताको स्वरुपबारे जानकारी गराइनेछ । त्यसपछि पुरुष र महिलाको क्वालिफिकेसन राउण्ड सञ्चालन हुनेछ । जसबाट पुरुष ८ र महिला ६ खेलाडी अन्तिम चरणमा छनोट गरिनेछ । महिलातर्फ ६ खेलाडी मात्र सहभागि भएकोले सिधै अन्तिम चरणको खेल हुनेछ । दोस्रो दिन अन्तिम चरणका खेलहरु हुनेछ ।
अन्तिम चरणपछि विजेता खेलाडीहरु घोषित गरिनेछ । पुरुष र महिला दुवैमा विजेताले नगद ५० हजार, उपविजेताले ३० तथा तेस्रो हुनेले २० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता स्पोर्ट क्लाम्बिङको अन्तर्राष्ट्रिय महासंघ आईएफएससीको नियम अनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ । यस प्रतियोगिताको आवश्यक प्राविधिक सहयोगीको रुपमा इन्डियन माउन्टेनिरिङ फाउण्डेसन (आईएमएफ) का चिफ रुट सेटर विवश रोए नेपाल आएका छन् । उनकै सहयोगमा रुट सेट गरिएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा नेपालस्थित वोङ्छु पिक प्रमोसन र अमेरिकी गैर नाफामुलक संस्था मुसा मसला रहेको छ । स्पोर्ट क्लाइम्बिङ खेलको विकास र खेलाडीहरुको विकास र अभिवृद्धि गर्नका लागि वोङ्छु पिक र मुसा मसलाले प्रायोजन गरेको जनाएको छ । स्पोर्ट क्लाइम्बिङ खेलकुदका साथै साहसिक खेलकुद तथा खेलकुद पर्यटन क्षेत्रको विकासमा पनि सहयोग गर्नेछ । नेपालमा स्पोर्ट क्लाइम्बिङको धेरै सम्भावना रहेकोले यो खेलको प्रबर्दध गर्न सके खेलाडीहरुले अन्तर्राष्ट्रिय रुपमा राम्रो नतिजा ल्याउन सक्ने संघको विश्वास छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम