
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार बजारमा हरियाली कायम भएको छ । बिहीबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक ४१ दशमलव ४३ अंकले बढेर २६६३ दशमलव ३० विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १.५८ प्रतिशतले धेरै हो ।
आज सेयर बजारमा २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको मात्रै सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ६० अंकले ४४६ दशमलव २९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै उपसूचकको सेयर मूल्यमा बढेको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिन ४ अर्बभन्दा माथिको कारोबार भएको बजारमा आज ५ अर्ब २२ करोड ३० लाख ८३ हजार ३४० रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा कुल ३०९ कम्पनीका ९७ लाख ७२ हजार १९२ कित्ता सेयर ५५ हजार ४४२ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो ।
आज सेयर बजारमा दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह