
ललितपुर – समाजवादी खस संघ, नेपालले आफ्नो स्थापना दिवस तथा पूर्णगठन भेला भव्य रूपमा मनाउने तयारी पूरा गरेको छ।
आयोजकका अनुसार, कार्यक्रम जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष श्री राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न हुने भएको छ। यस अवसरमा समाजवादी विचारधाराका अगुवाहरू, राजनीतिक विश्लेषकहरू तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहनेछ।
कार्यक्रममा विगतका उपलब्धिहरूको समीक्षा गर्दै भविष्यका योजनाहरू निर्माण गरिनेछ। साथै, नयाँ संरचनागत विकास तथा संगठन सुदृढीकरणबारे छलफल गरिने बताइएको छ।
समाजवादी खस संघ, नेपालका केन्द्रीय समितिले कार्यक्रमलाई सफल बनाउन सबैलाई हार्दिक निमन्त्रणा गरेको छ।
उक्त कार्यक्रम भोली, चैत १६ गते, शनिबार ललितपुरको जनता समाजवादी पार्टी (ज.स.पा.) केन्द्रीय कार्यालय, ग्वार्कोमा दिउँसो १२ बजे आयोजना हुनेछ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना