
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रको संवेदनशीलतालाई बुझेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । राष्ट्र बैंक र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को सहकार्यमा काठमाडौंमा आयोजित दुई दिने अन्तरक्रिया कार्यक्रमको आइतबार उद्घाटन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
‘वित्तीय क्षेत्र एकदमै संवेदनशील छ । तर, कतिपयले यो संवेदनशीलता बुझ्दैनन्, त्यसले गर्दा नागरिकमा नकरात्मक धारणा पनि पैदा हुने गरेको छ,’ गभर्नर अधिकारीले भने, ‘तसर्थ, सञ्चार माध्यमले पनि सत्य र तथ्यमा आधारित भई समाचार सम्प्रेषण गर्नुपर्छ ।’ सही सूचना सम्प्रेषण होस् र गलत सूचना प्रवाह नहोस् भनेर केन्द्रीय बैंकले विविध कार्यक्रम गर्दै आएको उनको भनाइ छ । गभर्नर पदमा रहँदा सहज तथा असहज दुबै परिस्थितिमा सञ्चार माध्यमले सहयोग गरेको भन्दै उनले धन्यवाद पनि ज्ञापन गरे ।
‘अर्थतन्त्रमा आर्थिक पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ । पत्रकारले आर्थिक तथा वित्तीय सूचनाहरु सम्प्रेषण गरेअनुसार नागरिकले धारणा बनाउँछन् । पत्रकारले बुझेको कुरा सही भएमा सूचना पनि सही जान्छ,’ गभर्नर अधिकारीले भने, ‘केन्द्रीय बैंकले सार्वजनिक गर्ने तथ्यांकहरु कसरी लिन्छ ? सार्वजनिक भएको तथ्यांक कहिलेसम्मको हो ? यस्ता सबै विषयको जानकारी लिएर त्यसको व्याख्या र विश्लेषण गर्नुपर्छ ।’
उनले सही सूचना प्रवाह गरेको खण्डमा नागरिकले आवश्यकता अनुसार सही निर्णय लिने तथा योजना बनाउन सहयोग गर्ने बताए । अहिले सामाजिक सञ्जालमा प्रस्तुत हुने छोटो छोटो सामाग्रीले पनि बजारमा धेरै प्रभाव पार्ने भएकाले सही सूचना प्रवाह आवश्यक भएको बताए । अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रमा राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरेले वित्तीय क्षेत्र नागरिकको विश्वाससँग जोडिएको विषय भएको बताए ।
‘वित्तीय क्षेत्र अन्य क्षेत्र भन्दा बढी संवेदनशील क्षेत्र हो । यो नागरिकको विश्वाससँग जोडिएको विषय हो । नागरिकमा यसको विश्वास रहेन भने समग्र आर्थिक वित्तीय क्षेत्रमा असर पुर्याउँदछ,’ घिमिरेले भने, ‘आर्थिक तथा वित्तीय क्षेत्रमा रहको विषयमा सत्यतथ्य जानकारी बाहिर ल्याएको खण्डमा त्यसले केन्द्रीय बैंकलाई पनि सहयोग गर्नेछ ।’ मुख्यत आर्थिक पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने यो कार्यक्रम सोमबारसम्म सञ्चालन हुनेछ । नाफिजकी अध्यक्ष मेनुका कार्कीले यस्ता कार्यक्रमले आर्थिक पत्रकार क्षमता अभिबृद्धि गर्न सहयोग पुगेको बताइन् । आगामी दिनमा पनि नाफिजले बिभिन्न सरोकारवाला निकायहरुसँग मिलेर यस्तो कार्यक्रम आयोजना गर्ने उनको भनाइ छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू