काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८६ अंकले बढेर २७००.०४ को बिन्दुमा कायम भएको हो ।
आज सेन्सेटिभ इण्डेक्स १.०८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ इण्डेक्स ०.४५ अंक बढेको छ। आज ३१८ कम्पनीको १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता सेयर ५३ हजार ८८४ पटक खरिदबिक्री हुँदा ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार ९०१ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा बढी व्यापार समूह नौ दशमलव ४४ र वित्त समूह तीन दशमलव १२ प्रतिशतले बढेको छ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
सेन्ट्रल फाइनान्स र विशाल बजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
बुधबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । सेयर बजार बढेर कारोबार भएको दिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सेयर बजारमा सेन्ट्रल फाइनान्स र विशाल बजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सेन्ट्रल फाइनान्सको सेयर मूल्य ५५ रुपैयाँ ७८ पैसाले बढेर ६१३ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । त्यस्तै आज विशाल बजारको सेयर मूल्यमा ५८० रुपैयाँ १० पैसाले वृद्धि भएर ६ हजार ४०३ रुपैयाँ ०५ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९६ प्रतिशतले धेरै हो ।
त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा उपकार लघुवित्त, हाथवे इन्भेष्टमेन्ट नेपाल र न्यादि हाइड्रोपावर रहेका छन् । आज उपकार लघुवित्तको सेयर मूय ३०४ रुपैयाँ ५३ पैसाले बढेर ३ हजार ५८२ रुपैयाँ २५ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.२९ प्रतिशतले धेरै हो ।
त्यस्तै आज हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य ६.७९ प्रतिशत अर्थात् ८८ रुपैयाँ ८१ पैसाले बढेर १ हजार ३९६ रुपैयाँ ४६ पैसा पुगेको छ । आज न्यादि हाइड्रोपावरको सेयर मूल्य पनि ६.४२ प्रतिशत अर्थात् ३८ रुपैयाँ ९१ पैसाले बढेर ६४४ रुपैयाँ ८९ पैसा पुगेको छ ।
बोटलर्स नेपाल (बालाजु) का सेयर मूल्यमा नकारात्मक सर्किट
बुधबार सेयर बजार दोहोरो अंकले बढेर कारोबार बन्द भयो । अधिकांश कम्पनीको सेयर मूल्य बढेको दिन बोटलर्स नेपाल (बालाजु) का सेयरधनीले भने प्रतिकित्ता १ हजार ९५३ रुपैयाँले नोक्सानी व्यहोरेका छन् । आज बोटलर्स नेपालका सेयरधनीहरुले अघिल्लो दिनको भन्दा १० प्रतिशत अर्थात् १ हजार ९५३ रुपैयाँ ८० पैसा गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य आजको कारोबार बन्द हुँदा १७ हजार ५७९ रुपैयाँ ८० पैसा पुगेको छ ।
त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा बलेफि हाइड्रोपावर लिमिटेड, एनआईसी एसिया ब्यालेन्स फण्ड, नेपाल एसबीआई बैंक डिबेन्चर २०८३ र उपर हेवाखोला हाइड्रोपावर छन् । आज बलेफि हाइड्रोपावरको सेयर मूल्य १६ रुपैयाँ २७ पैसाले घटेर ३१९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ४.८५ प्रतिशतले कम हो । त्यस्तै आज एनआईसी एसिया ब्यालेन्स फण्डको सेयर मूल्य २.९१ प्रतिशत अर्थात् ०.२७ रुपैयाँले घटेर ९ रुपैयाँ पुगेको छ ।
बुधबार धेरै मूल्य घट्ने पाँच कम्पनीमा नेपाल एसबीआई बैंक डिबेन्चरको सेयर मूल्य २१ रुपैयाँ ६० पैसाले घटेर १ हजार ५८ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २ प्रतिशतले कम हो । बुधबार अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य पनि १.९७ प्रतिशत अर्थात् १४ रुर्पयाँ ९६ पैसाले घटेर ७४३ रुपैयाँ ५७ पैसा पुगेको छ ।