
काठमाडौं । आफूले बक्यौता रहेको विद्युत महसुल असुल गर्ने निर्णय गरेका कारण आफूलाई पदबाट हटाइएको आरोप लगाएका छन् । सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर उनले यस्तो बताएका हुन् ।
महसुल नतिर्नेहरुले दबाब दिएर आफूलाई हटाउन सफल भएको उनको भनाइ छ । आफूले लोडसेडिङ हटाएको र अहिले बाँकी बक्यौता उठाउन खोज्दा आफ्नो पद गुमेको भन्दै उनले आफू आमनागरिकको सेवाका लागि सधैं लागिरहने बताए । आमनागरिकको घरघरमा विद्युत पुर्याउन आफ्नो कार्यकाल सफल भएको उनको भनाइ थियो ।
विकट बस्तीमा पुगेर विद्युतीकरणका लागि प्राधिकरणले काम गरिरहेको उनको भनाइ छ । विद्यार्थीले सहज रूपमा अध्ययन गर्न पाउनुका साथै अस्पतालमा पनि सहज रूपमा सेवा लिने अवसर पनि विद्युतका कारणले सहज भएको उनको दाबी छ ।
विद्युत निर्यातमा पनि उल्लेख्य काम भएको भन्दै उनले सार्वजनिक दायित्वबाट कोही कसैले छुटकारा नपाउने दाबीसमेत गरे । ‘अहिले मलाई हटाएर केही समयका लागि त केही पक्ष रमाएको होला । तर उनीहरु आमरूपमा जनताको कठघरामा उभिनु पर्ने छ,’ उनले भने ।
सरकारले रकम नदिएको अवस्थामा पनि आफ्नै खर्चमा विद्युत पुर्याउनका लागि आफ्नो कार्यकालमा कामहरु भएको उनको भनाइ छ । विपन्न वर्गकलाई निःशुल्क रूपमा मिटर उपलब्ध गराइएको उनको भनाइ थियो ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो