
काठमाडौं । यो साता सुनको मूल्यले नेपाली बजारमा नयाँ किर्तीमान कायम गरेर कारोबार भयो । सातामा रेकर्ड माथि रेकर्ड बनाएको सुनको मूल्य साताको पहिलो दिनको भन्दा अन्तिम दिनमा आइपुग्दा भने ४०० रुपैयाँले घटेको हो ।
यो साताको बिहीबार अर्थात चैत २१ गते छापावाल सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो । सो दिन नेपाली बजारमा सुन प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा आयात हुने वस्तुमा आयात कर लगाएसँगै अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भई नेपाली बजारमा पनि त्यसको असर परेको विश्लेषकहरुको भनाइ छ ।
बिहीबार एैतिहासक उचाईमा पुगेको सुनको मूल्यमा शुक्रबार भने भारि गिरावट भएको छ । सो दिन सुन तोलामा ३ हजार ९०० रुपैयाँ घटेर १ लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा शुक्रबारको मूल्य ४०० रुपैयाँ कम हो ।
यस साता चाँदीको मूल्य पनि केही घटेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला १ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू