
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति भएको खेलमा सनराइजर्स हैदरावादले पञ्जाब किङ्गसलाई आठ विकेटले हराएको छ । पञ्जाबले दिएको २४६ रनको लक्ष्य हैदरावादले १८ ओभर ३ बलमा मात्रै दुई विकेट गुमाएर रोमाञ्चक जीत हात पार्यो ।
हैदरावादका लागि सबैभन्दा बढी अभिषेक शर्माले एक सय ४१ रनको शतकीय पारी खेले । यस्तै ट्राभिस हेडले ६६ रन बनाए । पञ्जाबका अर्शदीप सिंह र युजवेन्द्र चहलले समान एक विकेट लिए । त्यसअघि हैदरावादमा टस जितेर ब्याटिङ गरेको पञ्जाबले छ विकेट गुमाएर दुई सय ४५ रन बनाएको थियो । पञ्जाबका श्रेयस अय्यरले ८२, प्रभसिमरन सिंहले ४२, प्रियान्श आर्यले ३६ र मार्कस स्टोइनिसले नटआउट ३४ रन बनाए । हैदरावादका हर्षल पटेलले चार र इशान मालिङ्गाले दुई विकेट लिए ।
यो जीतसँगै हैदरावाद छ खेलमा चार अङ्कसहित तालिकाको आठौं स्थानमा छ । पञ्जाब पाँच खेलमा छ अङ्कसहित छैटौं स्थानमा छ । हिजै भएको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले गुजरात टाइटन्सलाई छ विकेटले हराएको छ । गुजरातले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको लखनउले १९ ओभर तीन बलमा चार विकेट गुमाएर भेट्टायो ।
त्यसअघि लखनउमा टस हारेर ब्याटिङ गरेको गुजरातले छ विकेट गुमाएर एक सय ८० रन बनायो । गुजरात छ खेलमा आठ अङ्कसहित तालिकाको दोश्रो स्थानमा छ भने समान खेलमा आठ अङ्कसहित लखनउ तेश्रो स्थानमा छ ।













समाचार
भन्सार छलीका सामान बिक्री वितरण गर्ने तीन जना पक्राउ
नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद
समयको मागअनुसार संविधानको संवर्द्धन गर्नु समयोचित हुन्छ : मन्त्रिपरिषद् पूर्वअध्यक्ष रेग्मी
बाढी प्रभावित बालबालिकाको संरक्षणमा एमआइटी फाउन्डेसनले सघाउने
आज कागे अष्टमी पर्व मनाइँदै
आज संविधान दिवस देशभर मनाईंदै
सेयर बजारमा ८७ अंकको वृद्धि, ६ अर्ब माथिको औषत कारोबार
एक सातामा २ हजार १ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?