काठमाडौं । बार्सिलोनाले छ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। सन् २०१९ पछि टोली अन्तिम चारमा पुग्न सफल भएको हो । तबोरुसिया डर्टमुण्डसँग क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३–१ ले पराजित भयो । पहिलो लिगमा निकालेको जितले बार्सिलोना सेमिफाइनामा प्रवेश गरेको छ ।
पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४–० को बलियो अग्रताले बार्सिलोना समग्रमा ५–३ को सेमिफाइनल पुगेको हो । डर्टमुण्ड सिग्नल इडुना पार्कमा आक्रामक शैलीमा उत्रियो। घरेलु समर्थकहरूको जोशिलो साथ र सर्हो गुइरासीको प्रभावशाली प्रदर्शनले टोली प्रेरित भएको थियो।
गिनीका अन्तर्राष्ट्रिय खेलाडी गुइरासी क्याटालान टोलीविरुद्ध प्रत्येक खेलमा निर्णायक बनेका छन्। यसपटक उनले घरेलु टोलीको तर्फबाट ह्याट्रिक गर्दै पुनरागमन प्रयासको नेतृत्व गरे । समूह चरणको खेलमा बार्सिलोनासँगको २–३ को हारमा उनले डर्टमुण्डका दुबै गोल गरेका थिए । यसपटक ह्याट्रिक पूरा गरे, तर त्यो प्रयास पनि नतिजा बदल्न पर्याप्त भएन । अर्को क्वाटरफाइनलको दोस्रो लेगमा एस्टन भिल्लासँग ३–२ ले पराजित भएपनि पिएसजी ५–४ को अग्रतासहित सेमिफाइनल पुगेको छ।