
काठमाडौं । बार्सिलोनाले छ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। सन् २०१९ पछि टोली अन्तिम चारमा पुग्न सफल भएको हो । तबोरुसिया डर्टमुण्डसँग क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३–१ ले पराजित भयो । पहिलो लिगमा निकालेको जितले बार्सिलोना सेमिफाइनामा प्रवेश गरेको छ ।
पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४–० को बलियो अग्रताले बार्सिलोना समग्रमा ५–३ को सेमिफाइनल पुगेको हो । डर्टमुण्ड सिग्नल इडुना पार्कमा आक्रामक शैलीमा उत्रियो। घरेलु समर्थकहरूको जोशिलो साथ र सर्हो गुइरासीको प्रभावशाली प्रदर्शनले टोली प्रेरित भएको थियो।
गिनीका अन्तर्राष्ट्रिय खेलाडी गुइरासी क्याटालान टोलीविरुद्ध प्रत्येक खेलमा निर्णायक बनेका छन्। यसपटक उनले घरेलु टोलीको तर्फबाट ह्याट्रिक गर्दै पुनरागमन प्रयासको नेतृत्व गरे । समूह चरणको खेलमा बार्सिलोनासँगको २–३ को हारमा उनले डर्टमुण्डका दुबै गोल गरेका थिए । यसपटक ह्याट्रिक पूरा गरे, तर त्यो प्रयास पनि नतिजा बदल्न पर्याप्त भएन । अर्को क्वाटरफाइनलको दोस्रो लेगमा एस्टन भिल्लासँग ३–२ ले पराजित भएपनि पिएसजी ५–४ को अग्रतासहित सेमिफाइनल पुगेको छ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह