
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा रहेको थियो ।
त्यस्तै आज युरोपियन युरो एकको खरिदर १५५ रूपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रूपैयाँ १९ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १५५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७४ पैसा रहेको थियो । आज युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ५६ पैसा र बिक्रीदर १८२ रूपैयाँ ३६ पैसा पुगेको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १८१ रुपैयाँ १२ पैसा र बिक्रीदर १८१ रुपैयाँ ९१ पैसा रहेको थियो ।
त्यस्तै आज स्विस फ्र्याङ्क एकको खरिददर १६७ रूपैयाँ ४६ पैसा र बिक्रीदर १६८ रूपैयाँ १९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २० पैसा र बिक्रीदर ८७ रूपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३० पैसा र बिक्रीदर ९८ रूपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ १३ पैसा र बिक्रीदर १०४ रूपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १८ रूपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६९ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रूपैयाँ १२ पैसा र बिक्रीदर ४ रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रूपैयाँ १५ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ६४ पैसा र बिक्रीदर ९ रूपैयाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १४ रूपैयाँ र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ८३ पैसा र बिक्रीदर २० रूपैयाँ ९२ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६३ पैसा र बिक्रीदर १७ रूपैयाँ ७१ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रूपैयाँ २४ पैसा र बिक्रीदर ४४८ रूपैयाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ४६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूपैयाँ ३० पैसा र बिक्रीदर ३५६ रूपैयाँ ८६ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।











समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व