
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई हराएको छ । मुम्बई पाँचौं जीतसहित अङ्कतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
हिजो भएको खेलमा मुम्बईले हैदराबादलाई ७ विकेटले हरायो । जीतका लागि एक सय ४४ रनको लक्ष्य पछ्याएको मुम्बईले १५ ओभर ४ बलमा तीन विकेट गुमाउँदै भेट्टायो । उसका रोहित शर्माले सर्वाधिक ७० रन बनाए । सूर्यकुमार यादव ४० रनमा अविजित रहे । हैदराबादका जयदेव उनादकट, इशान मालिङ्गा र जिशन अन्सारीले समान एक÷एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४३ रन बनाएको थियो । उसले १३ रन जोड्दा ४ विकेट गुमाएको थियो । उसका हेनरिक क्लासेनले ७१ रन बनाए । मुम्बईका ट्रेन्ट बोल्टले ४ तथा दीपक चाहरले २ विकेट लिए । मुम्बईको ९ खेलमा १० अङ्क छ । ८ खेलमा छैटौं हार बेहोरेको सनराइजर्स तालिकाको नवौं स्थानमा छ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र राजस्थान रोयल्स खेल्दैछन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व