
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । पहिलो दिनको कारोबार दिन नेप्से परिसूचक ११ दशमलव ५३ अंकले घटेर २६५० दशमलव ११ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६४ कम्पनीको सेयर मूल्य घटेको छ भने ८२ कम्पनीको सेयर मूल्य भने आज बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५७ अंकले घटेर ४४६ दशमलव ३२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ५ वटाको सेयर मूल्य बढेको छ भने ८ वटा उपसूचकको सेयर मूल्य घटेर कारोबार भएको छ ।
परिसूचक घटेको दिन आज सेयर बजारमा १० अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३०० कम्पनीका २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर ८८ हजार ९५५ पटक खरिद बिक्री हुँदा १० अर्ब २० करोड २७ लाख १ हजार ३४४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबार बन्द हुँदा सेयर बजारमा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान