
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ११ खर्ब ९१ अर्ब भन्दा बढीको रेमिट्यान्स भित्रिको छ । नेपाल राष्ट्रय बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार ९ महिनामा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो ।
समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १०.० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षकोसोही अवधिमा रेमिट्यान्स आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.१३०१ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.११७४ अर्ब ५४ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ हजार ४९ हजार ६५२ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ हजार २७ हजार ८४२ र २ लाख ११ हजार २२६ रहेको थियो ।












समाचार
सरकारी प्रसारण लाइन निजी क्षेत्रका लागि खुला, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
ऊर्जा क्षेत्रमा लगानीको नयाँ बाटो खुल्योः ऊर्जामन्त्री
करदाता प्रोत्साहन उपहार कार्यक्रममा बीजक प्रविष्टि अनिवार्य
सेप्टेम्बरमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए, चीन र सार्क क्षेत्रबाट उल्लेख्य वृद्धि
विपद्पछिको पुनःस्थापनामा अष्ट्रेलियाको साथ, प्रधानमन्त्री शाहले दिए धन्यवाद
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस
दुईतिहाइ नजिकको शक्ति प्रयोग गरेर भ्रष्टाचारीलाई कारबाही गरे श्रम संस्कृतिले जुनुसकै सहयोग गर्छ : आरेन राई
अर्थतन्त्रसँग सम्बन्धित तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ८९ करोड
विभिन्न स्थानमा पहिरो खसेपछि अवरुद्ध भएको कालीगण्डकी करिडोर आयो सञ्चालनमा